त्रिवि केन्द्रीय क्याम्पसको समानुपातिक उम्मेदवारको नामावली सार्वजनिक


३० फाल्गुन २०७९, मंगलवार १६:२२ मा प्रकाशित


झापा । त्रिभुवन विश्वविद्यालय विश्वविद्यालय क्याम्पस स्ववियु निर्वाचन समितिले समानुपातिकतर्फको उम्मेदवारको नामावली सार्वजनिक गरेको छ।

सार्वजनिक नामावली अनुसार समानुपातिक निर्वाचन प्रणालीको लागि ५० जनाको उम्मेदवारी परेको छ ।

२१ सदस्यीय स्ववियु समितिमा समानुपातिक निर्वाचन प्रणालीबाट १० जना उम्मेदवार निर्वाचित हुनेछन् ।

५० जना उम्मेदवारमध्ये जम्मा ९ जना मात्रै महिला उम्मेदवार रहेका छन् । सबैभन्दा बढी अखिल (क्रान्तिकारी)बाट पाँचजना, अनेरास्ववियुबाट दुई जना, नेविसंघबाट एक जना र नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट एक जना महिलाको उम्मेदवारी परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here