नेपालमा लगानि गर्न ओमान सरकार र उद्योगीहरुलाई राजदुत पराजुलीको आग्रह


१८ असार २०७६, बुधबार १५:१५ मा प्रकाशित

ओमान । ओमानका लागि नेपाली राजदुत शर्मिला पराजुली ढकालले नेपालमा लगानीको प्रसस्त संभावना भएकाले ढुक्क भएर लगानी गर्न ओमान सरकार र ओमानी उद्योगीहरुलाई आग्रह गरेकी छिन् ।

ओमानस्थित नपाली दुतावासले ‘नेपालमा लगानीको सम्भावना’ बारे छलफल गर्न आयोजना गरेको कार्यक्रममा राजदुत पराजुलीले नेपाल समृद्धिको बाटोमा भएको र लगानीका लागि प्रसस्त सम्भावना भएकाले ढुक्क भएर लगानी गर्न आग्रह गरिन् ।

कार्यक्रममा गत मार्चमा काठमाडौंमा आयोजित ‘नेपाल इन्भेष्टमेन्ट समिट २०१९’ मा नेपालका प्रधानमन्त्री लगायत अन्य देशका प्रमुख व्यक्तिहरुद्वारा सम्बोधित प्रमुख विषयहरुलाई भिडियोमार्फत प्रस्तुत गरिएको थियो । राजदुत पराजुलीले सम्बृद्ध नेपाल सुखी नेपालीको उद्देश्य पूरा गर्नको लागि नेपालमा लगानीको महत्वबारे ओमानी प्रतिनिधीहरुलाई प्रस्ट्याएकी थिइन् ।

राजदुत पराजुलीले कृषि, उर्जा, आधारभूत संरचना, शिक्षा, औद्योगिक संरचना, सहरी आधारभूत संरचना, यातायात लगायतका लगानीका क्षेत्रमा लगानी गर्न सकिने भएकाले विश्वका सहयोगी हातहरुलाई सहयोगको लागि आग्रह गरिन
कार्यक्रममा लगानी अनुकुल वातावरण बनाउन नेपाल सरकारद्वारा विभिन्न सरकारी र संस्थागत नीतिमा ल्याएका सुधारहरुबारे पनि जानकारी गराइएको थियो ।

उक्त छलफल कार्यक्रममा ओमान उद्योग मन्त्रालयका सचिव अहमद बिन हसन अलदिब, दक्षिण एसिया विभागका प्रमुख पराराष्ट्र मन्त्रालयका हिलाल मारोन अल मामारी, अर्थतन्त्र क्षेत्रका प्रमुख तथा पराराष्ट्र मन्त्रालयका डा। याह्या अब्दुल्लाह अल फन्नाह, ओमान चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीका सिइओ अब्दुल अधैम अल बाहराइनीको सहभागिता रहेको थियो ।

त्यसैगरी, कार्यक्रममा विभिन्न देशका राजदुत, मिसन प्रमुख, विभिन्न एम्बेसीका आर्थिक तथा व्यापार सल्लाहकार, इन्भेष्टमेन्ट प्रोमोशन तथा निर्यात विकासको लागि सार्वजनिक प्राधिकरण (आइटिएचआरएए)ओमान र स्टेट जनरल रिजर्भ कोषका विशेष प्रतिनिधिहरु सहित करिब ५५ जनाको कार्यक्रममा सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here