गोरखामा न्वारनको भोज खाएका ३५ जना विरामी


१८ असार २०७६, बुधबार १५:०६ मा प्रकाशित

गोरखा । गोरखाको सहिदलखन गाउँपालिका ६ बतासे गाउँका ३५ जना सर्वसाधारण विरामी परेका छन् ।

न्वारनको भोज खाएका गाउँलेहरु एकैसाथ विरामी परेपछि स्वास्थ्य परीक्षणका लागि स्वास्थ्यकर्मी पठाइएको छ ।गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख वीरेन्द्र श्रेष्ठका अनुसार फूलमाया श्रेष्ठको घरमा मंगलबार साँझ भोज खाएका गाउँलेहरु विरामी परेका हुन् । उनीहरुलाई पेट दुख्ने, वान्ता हुने, टाउको दुख्ने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको छ ।

भोजमा कुखुराको मासु खाएकाहरु विरामी छन्। चार जना स्वास्थ्यकर्मीले विरामीको उपचार गरिरहेको श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here