झापा । सहिद स्मारक ’ए’ डिभिजन लिग २०७९ मा नवप्रवेशी एफसी खुमलटारले विजयी सुरुआत गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको उद्घाटन खेलमा फ्रेन्ड्स क्लबलाई १–० गोल अन्तरले हराउँदै खुमलटारले बिजयी सुरुवात गरेको हो । खुमलटारको जितमा मेसुके ओलुमोउले ८९ औं मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै खुमलटारले पहिलो खेलमा ३ अंक जोडेको छ । फ्रेन्ड्सले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ । लिगमा शनिबार तीन खेल हुनेछन् ।
डबल राउण्ड रोबिनका आधारमा हुन लिग विजेताले ७५ लाख, उपविजेताले ५० लाख तथा तेस्रो हुने टोलीले २५ लाख प्राप्त गर्नेछन् ।






