राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्न सक्नुपर्छ – डा. सीके राउत


१६ फाल्गुन २०७९, मंगलवार १५:०१ मा प्रकाशित

काठमाण्डाै । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अवको राष्ट्रपतिले कुनै दलको प्रतिनिधित्व नझल्कने गरि काम गर्न सक्नुपर्ने बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा सञ्चारकर्मीसंग कुरा गर्दै राउतले सरकारले गरेको कामकारवाहीलाई सहयोग गर्ने, सरकारले पठाएका बिधेयकहरुलाई अघि बढाउने र दलको प्रतिनिधित्व नझल्कने गरि अवको राष्ट्रपतिले काम गर्नुपर्ने बताउनुभएको हो ।

यसअघि नागरिकता जस्ता दुवै सदनबाट पारित भइसकेका बिधेयकहरु राष्ट्रपति कार्यालयमा अड्काएर राखेकै कारण लाखौ युवाहरु नागरिकता विहिन हुनपुगेको उहाँको भनाइ छ ।

राउतले राष्ट्रपति र सभामुख एउटै पार्टी हुदा निरंकुशता जन्माउने आधारहरु रहेकाले आफ्नो पार्टीले कांग्रेस उम्मेदवारलाई समर्थन गरेको जानकारी दिनुभयो ।

उहाँले अहिले पनि माओवादी कै नेतृत्वमा सरकार रहेकाले सरकार छाड्ने कुनै योजना नरहेको पनि बताउनुभयो ।

अरु पार्टीहरुको बिभिन्न कारणहरु रहेपनि जनमत पार्टीका लागि सरकार छाड्ने परिस्थीति नबनेको उहाँले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here