छोरा प्रकाश दाहालले पूर्ण जीवन बाँचेर गएः प्रचण्ड


१७ असार २०७६, मंगलवार १५:३९ मा प्रकाशित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो छोरा प्रकाश दाहालले पूर्ण जीवन बाँचेर गएको बताएका छन् ।

प्रकाश दाहाल स्मृति प्रतिष्ठानले उनको ३८ औँ जन्मजयन्तीको अवसरमा आयोजना गरेको प्रकाश दाहाल साहसिक सगरमाथा सम्मान कार्यक्रममा प्रचण्ड भने, ‘उनी छोटो उमेरमा गए । उनको निधनले परिवार, समाज र देश स्तब्ध भयो। ३६ वर्षमै ठूल्ठूला योगदान दिए। मलाई उनले बाल्यकालबाट नै सहयोग गरे।’

प्रचण्डले अघि भने, ‘युद्धदेखि सबै गतिविधिमा उनले साथ दिए । उनले सबै भोगे, राजनीति, प्रेम, विवाह सबैमा योगदान दिए। सबै तितो मिठो अनुभव संगालेर उनी गए । तर त्यति छोटो उमेरमा सगरमाथा पनि चढन भ्याए ।’ यस्तै सोही कार्यक्रममा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रकाशको निधनबाट प्रचण्डको दाहिने हात भाँचिएको बताएका छन् ।

‘प्रकाश दाहालका अनेक व्यक्तित्व छन् । उनले सगरमाथा आरोहण गरेर परिकल्पना भन्दा बाहिरको काम गरे’, नेता नेपालले भने,‘प्रकाशलाई गुमाउनु पर्दा प्रचण्डको दाइने हात भाचिएको छ । अल्प आयुमा बिदा गर्दा हामी दुखी भएका छौँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here