राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरुले देश बर्बाद पार्न खोजेः ओली


२ फाल्गुन २०७९, मंगलवार १७:१८ मा प्रकाशित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्तिहरुले देश बर्बाद पार्न खोजेको बताउनुभएको छ ।

मंगलबार काठमाडौंमा पार्टी निकट अनेरास्ववियुको राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले देशलाई बर्बाद पार्न बिभिन्न शक्तिहरु सक्रिय रहेको र त्यसको पहिलो प्रहार एमालेमाथि हुनसक्ने बताउनुभयो ।

ओलीले पाँच दलीय गठबन्धन तोडेर अर्को सरकार बनाउनु सफलताको कुरा भएको भन्दै उहाँले एमालेसंग बहुमत नरहेको अवस्थामा यो स्थीति नफेरिएला भन्न नसकिने धारणा राख्नुभयो । उहाँले मुलुकमा स्थिरता, स्थायित्व हुन नदिने प्रयास भइरहेको र संसद्को बनावट नै अस्थिरताको कारक बनेको जिकिर गर्नुभयो ।

ओलीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा कहिल्यै गलत हुन नसक्ने धारणा राख्नुभयो । त्यस्तै ओलीले पार्टीको मिसन ग्रासरुट अभियानका क्रममा तल्लो तहसम्म एमालेको संगठन क्रियाशिल हुने जिकिर गर्नुभयो । आगामी स्ववियु निर्वाचनमा देशैभरीका क्याम्पस अनेरास्ववियुमय बनाउन उहाँले निर्देशन दिनुभयो ।

ओलीले काम, बिचार बिनम्रताबाट अनेरास्ववियुको पहिचान स्थापित गर्न पनि सुझाव दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here