आजदेखि इन्टरनेट एक्सप्लोरर सधैका लागि बन्द


२ फाल्गुन २०७९, मंगलवार १६:१६ मा प्रकाशित

काठमाडौं । माइक्रोसफ्टले आफ्नो सबैभन्दा पूरानो इन्टरनेट ब्राउजर इन्टरनेट एक्सप्लोरर आजदेखि सधैका लागि बन्द गरेको छ ।

केही अगाडि देखि नै सेक्योरिटी सपोर्ट दिन छाडेको इन्टरनेट एक्सप्लोररलाई अन्ततः बन्द गरेको हो ।

माइक्रोसफ्टले आफ्नो विन्डोज १० अपरेटिङ सिस्टमबाट सफ्टवेयर अपडेटका माध्यमबाट इन्टरनेट एक्सप्लोररलाई स्थायी रुपमै निस्क्रिय बनाएको हो । यो सँगै विन्डोज १० वाला अपरेटिङ सिस्टमवाला सबै ल्यापटाप तथा कम्प्युटरमा इन्टरनेट एक्सप्लोररको प्रयोग गर्न सकिने छैन ।

कम्पनीका अनुसार इन्टरनेट एक्सप्लोररलाई माइक्रोसफ्ट एजमा रि-डाइरेक्ट नगरिएका डिभाइसहरु यसबाट प्रभावित हुनेछन् । त्यसबापत कम्पनीले माइक्रोसफ्ट एजलाई नयाँ अवतारमा पेश गर्दैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here