नयाँ बसपार्कमा भएको लुटपाटमा संलग्नलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन


२ फाल्गुन २०७९, मंगलवार १४:४९ मा प्रकाशित

काठमाण्डौ । गृह मन्त्रालयले हिजो सोमवार काठमाण्डौको गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्नलाई कारबाही गर्न निर्देशन दिएको छ ।

यातायात व्यवसायी र मजदुरहरूले गरेको प्रदर्शनका क्रममा हिजो ल्होत्से मलमा तोडफोड गरी मोबाइललगायतका सामग्री लुट्नेलाई पक्राउ गरी कारबाही गर्न गृह सचिव विनोद सिंहले सुरक्षा निकायलाई निर्देशन दिनुभएको हो ।

नेपाल मोबाइल व्यवसायी महासङ्घले यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति सरकारले दिनुपर्ने माग गरेको छ ।

आज मङ्गलवार महासङ्घले नयाँ बसपार्कमा पत्रकार सम्मेलन गर्दै सोमवार गोङ्गबु नयाँ बसपार्कको ल्होत्से मलमा यातायात मजदुरहरूको प्रदर्शनको क्रममा भएको मोबाइल पसल लुटपाट र तोडफोडको सम्पूर्ण क्षतिपूर्ति आन्दोलन गर्ने सङ्गठन र सरकारले दिनुपर्ने माग गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here