यातायात व्यवसायीसँगको तनावपछि बालाजुका डीएसपीको जिम्मेवारी खोसियो


२ फाल्गुन २०७९, मंगलवार १२:४५ मा प्रकाशित


झापा । यातायात व्यवसायीको आन्दोलनका कारण सोमबार सिर्जना भएको तनावपछि प्रहरी प्रहरी वृत्त, बालाजुका प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई जिम्मेवारीबाट हटाइएको छ ।

आन्दोलनका क्रममा बालाजु प्रहरी प्रमुख डीएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको गाडी तोडफोड र आगजनी भएको थियो । बालाजु प्रहरीको बा १ झ ७२२४ नम्बरको गाडी पनि तोडफोड भएको थियो ।

घटनापछि देखिएको आवश्यकता अनुसार सुरक्षा व्यवस्था मजबुत बनाउन उपत्यका प्रहरी कार्यालयले विष्टलाई जिम्मेवारीबाट हटाएको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हिमालयकुमार श्रेष्ठले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here