बालुवाटारमा प्रधानमन्त्री र कोरियाली राष्ट्रपतिका विशेष दूतबीच भेटवार्ता


२ फाल्गुन २०७९, मंगलवार १२:२१ मा प्रकाशित


झापा । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योअलका विशेष दूत सुङ मिन जङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।

मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर जङसहितको ८ जनाको टोलीले प्रचण्डसँग शिष्टाचार भेट गरेका थिए ।
भेटवार्तामा दुई देश बीचको आपसी सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

सो अवसरमा द्विपक्षीय सम्बन्धलाई थप सदृढ बनाउने, आर्थिक सहयोग आदानप्रदान लगायतका विषयमा महत्वपूर्ण छलफल भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here