भोलि बिहानसम्ममा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेदवार टुंगो लगाउने विपक्षी दलहरूको निर्णय


२१ माघ २०७९, शनिबार १४:४० मा प्रकाशित

काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने बिपक्षी दलहरुको बैठकले आइतबार बिहानसम्म राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार टुङ्गो लगाउने भएका छन् ।

कांग्रेस संसदीय दलको बैठक सिंहदरबारमा शनिबार बसेको बैठकले राष्ट्रियसभा उपाध्यक्षमा मनोनयन दर्ता गराउने निर्णय गर्दै आइतबार बिहानसम्ममा उम्मेद्वारको टुङ्गो लगाउने निष्कर्षका निकालेको हो ।

बैठकपछि कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संघीय संसदमा भएका विपक्षी दलका नेताको बैठकमा राष्ट्रियसभाको उपाध्यक्षको उम्मेवारीका सम्बन्धमा केन्द्रित रहेर छलफल भएको बताउनुभयो ।

आइतबार बिहानसम्ममा यस सम्बन्धमा आवश्यक निर्णय गर्ने उहाँले बताउनुभयो । उहाँले रवि लामिछानेको बर्हिगमन र त्यसपछि उत्पन्न परिस्थितिलाई सुक्ष्मढङ्गले नियालीरहेको प्रतिक्रिया दिनुभयो ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रियसभा उपाध्यक्ष र अरु पदका सम्बन्धमा कसरी अघि बढ्ने भन्ने बिषयमा छलफल भएको बताउनुभयो । विकसित परिस्थितिका आधारमा छलफलमा बसेर टुङगोमा पुगिने उहाँको भनाइ छ ।

बैठकमा कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका शीर्ष नेताहरु सहभागी थिए । राष्ट्रियसभाको उपाध्यक्षको मनोनयन दर्ता आइतबार नै हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here