आर्थिक संकटले व्यवसाय चौपट्ट भएको भन्दै विराटनगरका एक व्यवसायीद्वारा आत्महत्या


१२ माघ २०७९, बिहीबार ०८:३५ मा प्रकाशित

मोरङ । विराटनगरको शनिमन्दिर चोकका व्यवसायी मोहनप्रसाद न्यौपानेले आत्महत्या गरेका छन् ।

आर्थिक संकटको मारमा आफ्नो केही नलागेको भन्दै उनले आत्महत्या गरेको हुनसक्ने पारीवारिक स्रोतले जनाएको छ ।

इलेक्ट्रिक व्यवसायी न्यौपाने विराटनगर महानगरपालिका– ३ स्थित आफ्नै घरमा मृत भेटिएका हुन् । 

५७ वर्षीय न्यौपानेलाई आफन्तले बाथरुममा झुण्डिएको अवस्थामा मृत फेला पारेका हुन् ।

मृत भेटिएका न्यौपानेको सुसाइट नोट पनि फेला परेको छ । तीन पन्ने सुसाइट नोटमा उनले सांग्रिला बैंकको एक करोड ४५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । जसको मासिक पाँच लाख किस्ता तिर्नुपर्नेछ । 

बुबा–आमा, श्रीमती र आफन्तलाई सम्बोधन गरेर लेखिएको सुसाइट नोटमा आफू बाच्न लायक नभएको उल्लेख गरेका छन् । सुसाइट नोटमा उनले आफूले राखेको पैसा र ऋणको विवरण उल्लेख गरेका छन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here