झापाको कचनकवलमा एकै ठाउँमा झुन्डिए एक युवक एक युवती, दुवैजना मृत फेला


१० माघ २०७९, मंगलवार १०:४६ मा प्रकाशित

झापा । झापाको कचनकवल गाउँपालिकामा एक ठाउँमा डोरी लगाएर झुन्डिएको अवस्थामा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कचनकवल गाउँपालिका वडा नं ४ केचनाको खुट्टामुनीमा रहेको एभरेष्ट चिया बगानमा सिरिसको रुखमा पासो लगाई ती युवक र युवती झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

स्थानीय २५ वर्षिय राजेशकुमार गणेश र १८ वर्षिया पवित्रा राजवंशी मृत भेटिएका हुन् ।

विवाहको सन्दर्भमा उनीहरूका परिवारबीच विवाद भएका कारण उनीहरू झुन्डिएको हुनसक्ने अनुमान स्थानीयबासीको छ ।

गत साउनमा कचनकवल –५ स्थित दल्लेगाउँ नजिकैको सुनकोसी चिया बगानसँगै बगेको झिङ खोलाको किनारस्थित बयरको रूखमा सोही ठाउँका तीनजना किशोरीले झुन्डिएर आत्महत्या गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here