आजसम्म सरकारको साझा कार्यक्रमको मस्यौदा टुङ्ग्याइने


२१ पुष २०७९, बिहीबार ०७:४१ मा प्रकाशित

काठमाडौं । सत्ता साझेदार दलहरुले बिहिबारसम्म सरकारको साझा कार्यक्रमको मस्यौदा टुङ्गाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलहरुको बैठकमा न्यूनतम साझा कार्यक्रमको बिषयमा छलफल भएको र बिहिबारसम्म मस्यौदाको टुङ्गो लाग्ने उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिनुभयो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा साथै सरकारको कामकारवाहीका बिषयमा पनि छलफल भएको उहाँले बताउनुभयो । उपप्रधानमन्त्री लामिछानेले सत्ता साझेदार दलहरुबीच मन्त्रालय फुटाउने बिषयका कुनै छलफल नै नभएको र त्यस्तो सोच पनि नरहेको स्पष्ट पार्नुभयो ।

उहाँले सरकारको साझा कार्यक्रम आइसकेपछि र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रीमण्डल विस्तार हुने जानकारी दिनुभयो ।

त्यस्तै बैठकमा प्रदेश सरकार लगाएतका अन्य बिषयमा प्याकेजमा नै सहमति खोज्ने गरि अनौपचारिक छलफल भएको लामिछानेले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here