झापा । चीनमा अब विदेशी यात्रुलाई क्वरेण्टीनमा बस्नु नपर्ने भएको छ । आउँदो जनवरी ८ तारिखदेखि चीनले आफ्नो देशमा आउने विदेशी यात्रु क्वरेण्टीन बस्नु नपर्ने जनाएको हो । चीनले अपनाउँदै आएको शून्य कोभिड नीति अन्तर्गत लगाइएका प्रतिबन्ध श्रृङ्खलाबद्ध रूपमा हटाउने क्रममा यो पछिल्लो घोषणा आएको हो ।
कोभिड सङ्क्रमणका घटना चीनमा तीव्र रूपमा बढेको छ र स्वास्थ्यकर्मीहरूले त्योसँग जुध्न आफूहरूले सङ्घर्ष गरिरहेको बताएका छन् ।
तर, सङ्क्रमण बढिरहे पनि चीनले विदेशी यात्रुलाई अनिवार्य क्वरेण्टीन बस्नु पर्ने नियम हटाएको छ ।