गृहमन्त्री रवि लामिछानेको पहिलो निर्णयः निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने


१२ पुष २०७९, मंगलवार ०४:२३ मा प्रकाशित

काठमाडौं । नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गर्नुभएको छ ।

सोमबार शितल निवासमा सपथपछि लामिछाने सिंहदरबारस्थित मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको हो ।

पदभार ग्रहण गर्दै उहाँले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको न्यायका लागि अधिकतम पहल गर्ने सम्बन्धी निणर्यमा हस्ताक्षर गर्नुभएको छ । निर्मला पन्तलाई न्याय दिन पहल गर्नमा तदारुकता देखाउने विषयमा निणर्यका लागि फाइल तयार गर्न उहाँले निर्देशन दिनुभयो ।

त्यस्तै उहाँले गृह मन्त्रालय अलि बढी नागरिकको गुनासो भएको, अलि बढी सेवा गर्नुपर्ने ठाउँ भएकाले आवश्यक भूमिका निर्वाह गर्ने धारणा राख्नुभयो ।

उहाँले स्वतन्त्र रूपमा बराबर ढंगले कार्यसम्पादन गर्ने र कुनै हस्तक्षेप नगर्ने जिकिर गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here