झापा । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा फार वेस्ट युनाईटेडले काठमाडौं नाईट्सलाई पराजित गरेको छ ।
त्रिवि क्रिकेट मैदान किर्तिपुरमा पहिलो जित हात पार्ने क्रममा फार वेस्टले काठमाडौंलाई ४ विकेटले हराएको हो । ९९ रनको लक्ष्य पछ्याएको फार वेस्टले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । फार वेस्टको जितमा कप्तान हशमतुल्लाह शाहिदीले अविजित ५० रनको अर्धशतकीय ईनिङ खेले । देव खनालले १७ रन बनाउँदा भिम सार्किले ११ रन बनाए ।
काठमाडौंका लागि अनिल खरेलले २ तथा अजमतुल्लाह उमरजाई,अबिनाश बोहरा,रायन बर्ल र बसिर अहमदले समान १÷१ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनाएको हो ।
काठमाडौंका लागि एलेक्स ब्लेकले अविजित ४५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले १३ रनमा आउट भए । फार वेस्टका लागि उमर अलिले ३ तथा हजमतुल्लाह शाहिदी,भुवन कार्कीले समान २–२ तथा शेर मल्लले १ विकेट लिए । काठमाडौं २ खेलमा २ अंकका साथ अंक तालिकाको तेस्रो स्थानमा रहेको छ । फार वेस्ट २ खेलमा १ अंक सहित अंक तालिकाको चौथो स्थानमा रहेको छ ।