दक्षिण अफ्रिका । एक दिवसिय विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार राति समपन्न ३५ औँ खेलमा दक्षिण अफ्रिकाले श्रीलंकामाथि शानदार जित निकालेको छ । २ सय ४ रनको विजयी लक्ष्य पाएको दक्षिण अफ्रिकाले १ विकेटको क्षतिमा नै लक्ष्य पुरा गरेको हो ।
दक्षिण अफ्रिकाकाको जितमा कप्तान फाफ डु प्लेसिसले १ सय ३ बलमा १० चौका र १ छक्का सहित ९६ रनको अविजित योगदान दिए । भने ओपनर हासिम अमलाले १ सय ५ बलमा ५ चौका सहित ८० रनको अविजित यात्रा गरे । पाँचौ ओभरको पाँचौ बलमा ओपनर क्विन्टन डी ककलाई १५ रनमा गुमाएको दक्षिण अफ्रिकाले ३७.२ ओभरमा लक्ष्य पुरा गरेको हो ।
टस हारेर पहिला ब्याटिङ पाएको श्रीलंकाले ४९.३ ओभरमा अल आउट हुँदै २ सय ३ रन बनाएको थियो । पहिलो ओभरको पहिलो बलमै कप्तान दिमुथ करुणारत्नेलाई शून्यमा गुमाएको श्रीलंकाले अविष्का फ्रर्नान्डोलाई ३० रनमा गुमायो । परेरा ३० रनमा बोल्ड आउट भए श्रीलंकाको विकेटपतन क्रम नरोकिदा कुनै पनि ब्याट्सम्यानले ठूलो इनिङ खेल्न सकेनन् र सहज लक्ष्य दक्षिण अफ्रिकाले सहजै पुरा गरेको हो ।
दक्षिण अफ्रिका ड्वाइन पिटोरियसले ३, क्रिस मोरिसले पनि ३ र कागिसो रबाडाले २ विकेट लिँदा एन्डिलो फहलुकवयो र जेपी ड्युमिनीले १ १ विकेट लिए । ८ खेलमा खेलमा २ जितेको दक्षिण अफ्रिका अन्तिम खेल जुलाई ६ मा अष्टे«लियासँग खेल्ने छ । त्यस्तै ७ खेलमा २जित रहेको श्रीलंका आफ्नो आठौं खेल वेस्ट इन्डिजसँग सोमबार खेल्ने छ ।
सेमिफाइनलकोबाटो बाट बाहिरी सकेको अफ्रिकाको विश्वकपमा यो दोस्रो जित हो भने श्रीलंकाको तेस्रो हार हो । हारसँगै श्रीलंका शीर्ष चारमा रहेर सेमिफाइनल खेल्ने संभावना अब अंकगणीतिय झिनो आसामात्रै बाँकी रहेको छ । एजेन्सी





