डा. तोसिमा कार्कीद्वारा मेडिकल काउन्सिलको सदस्यबाट राजिनामा


१९ मंसिर २०७९, सोमबार १२:३४ मा प्रकाशित

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट डा.तोसिमा कार्कीले राजिनामा दिएकी छन् ।

प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि डा. कार्कीले आइतबार काउन्सिलमा गएर राजिनामा बुझाएकी हुन् ।

गत ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नं ३ बाट निर्वाचित भएकी हुन् । तर, काउन्सिलको सदस्य पदबाट राजिनामा नदिई उम्मेदवार बनेको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो ।

तर, सर्वोच्च अदालतले आयोगको निर्णय उल्ट्याउँदै तोसिमाको उम्मेदवारी कायम रहने आदेश दिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here