विमानस्थलको गाँजाका बिरुवा फडानी गर्दै प्रहरी


१३ असार २०७६, शुक्रबार ०९:५६ मा प्रकाशित

हुम्ला । अन्तर्राष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी दिवसको अबसर पारेर सिमकोट विमानस्थल आसपासका क्षेत्रभित्र रहेका गाँजाका बोटहरु नष्ट गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालयको आयोजना र प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालको नेतृत्वमा विमानस्थल आसपासका क्षेत्र भित्र रहेका अन्दाजि सात, आठ हजार भन्दा बढि गाँजाका बोटहरु नष्ट गरिएकोे जिल्ला प्रहरी कार्यालय हुम्लाका निमीत्त राजेन्द्रबहादुर सिंहले बताए ।

विमानस्थलको आसपास रहेको बाँझो जमीन भित्र उम्रिएको गाँजाका कारण विमानस्थलमा युवाहरुको आवतजावत बढ्न सक्ने भन्दै जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयको आयोजनामा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तराष्ट्रिय लागु तथा अबैध तस्करी विरुद्धको दिवसको अबसर पारेर स्थानीय जनप्रतिनिधि, राजनितीक दल, सरकारी कर्मचारीहरुको सहभागीतामा गाँजा फँडनी गरीएको हो ।

ग्रामीण बस्तीमा स्थानीयवासीको खेतबारीमा उम्रिने गाँजाका बोटहरु पनि स्थानीयसँग समन्वय गरेर जिल्ला प्रहरी हुम्लाले नष्ट गर्ने अभियान सञ्चालन गर्ने निमीत्त प्रहरी प्रमुख सिंहले बताए ।

विमानस्थलभित्र र आसपासका उम्रिएका गाँजाका बोट नष्ट गर्न स्थानिय तहका जनप्रतिनिधि,नेपाल प्रहरी, शसस्त्र प्रहरी वल र कर्मचारीहरुको सहभागितामा अन्दाजि ७, ८ हजार गाँजाका बोट नष्ट प्रमुख जिल्ला अधिकारी ढकालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here