नेपालमा थप तीन सय जनामा कोरोना संक्रमण पुष्टि


२१ भाद्र २०७९, मंगलवार १६:४६ मा प्रकाशित

काठमाडौँ ।   नेपालमा थप तीन सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको एक हजार नौ सय ८१ पिसिआर परिक्षणका क्रममा १ सय ७७ जना र २ हजार ६ सय ९ एन्टीजेन परिक्षणका क्रममा १ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण मंगलबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप एक सय २४ जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा दुई हजार ४ सय ५७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here