नेपालले हरायो केन्यालाई


१७ भाद्र २०७९, शुक्रबार १९:२० मा प्रकाशित

काठमाडौँ ।   केन्यासँगको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल सात विकेटले विजयी भएको छ । केन्याले दिएको दुई सय १९ रनको लक्ष्य नेपालले ४७ ओभर २ बलमा भेटायो ।

नेपालको जितमा ओपनर ब्याटर आसिफ शेखले शतक बनाए, उनी एक सय आठ रनमा आउट भए । यस्तै अर्का ओपनर ब्याटर ६१ रन बनाएर आउट भए । यस्तै ज्ञानेन्द्र मल्लले २३ रन बनाए ।

यसअघि नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्या ४८ ओभर १ बलमा दुई सय १८ रनमा अलआउट भयो । केन्याका लागि रकिप पटेलले सर्वाधिक ६७ रन र कोलिन्स ओबुयाले ६२ रन बनाए । यसैगरी इरफान करिमले ३० र सचिन भुडियाले २६ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र करण केसीले तीनरतीन विकेट लिँदा आदिल अन्सारी र पवन सरार्फले एकएक विकेट लिए ।

नेपाल र केन्याले तीन खेलको एकदिवसीय शृङ्खला खेल्न लागेका हुन् । यस शृङ्खलाको दोस्रो खेल भोलि शनिवार र तेस्रो खेल सोमवार हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here