आमसञ्चारलाई स्वस्थ, प्रतिस्पर्धी, मर्यादित बनाउन मिडिया काउन्सिल विधेयक ल्याइयको हो : ज्ञानेन्द्रबहादुर


१७ भाद्र २०७९, शुक्रबार १७:५२ मा प्रकाशित

काठमाडौँ ।   सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आमसञ्चारलाई स्वस्थ, प्रतिस्पर्धी, मर्यादित बनाउन र पत्रकारीकतामा पेशागत आचरण कायम गर्न मिडिया काउन्सिल विधेयक ल्याइएको बताउनुभएको छ ।

मिडिया काउन्सिल विधेयक, २०७६ माथि पनि सैद्धान्तिक छलफलका क्रममा आएका जिज्ञासाको जवाफ दिँदै उहाँले आमसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न विधेयक ल्याइएको बताउनुभएको हो । उहाँले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको भन्दै नेपाललाई प्रेस स्वतन्त्रताका क्षेत्रमा अग्रणी मुलुकका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

उहाँले साविकको प्रेस काउन्सीलको गतिविधिले पत्रकारिता क्षेत्रको सबै बिधालाई सम्बोधन गर्न नसक्ने भएकाले उक्त संस्थालाई प्रतिस्थापन गरि सूचना र सञ्चार क्षेत्रको प्रविधिमा भएको विकास तथा पत्रकारिताको क्षेत्रमा देखिएका नविन अभ्यास र चूनौतिलाई सम्बोधन गर्न मिडिया काउन्सील सम्बन्धी बिधेयक ल्याएको धारणा राख्नुभयो । बिधेयक पारित भई ऐन लागू भएपछि पत्रकारिता क्षेत्रमा जिम्मेवार अभ्यास बढ्ने, सञ्चारसंग सम्बन्धीत बिभिन्न पक्षबीचको गुनासालाई स्वनियमबाट सम्बोधन गर्न सकिने उहाँको भनाइ छ ।

बैठकले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई दफावार छलफलका लागि सम्बन्धित समिति पठाइयोस भन्ने प्रस्तावलाई बहुमतले स्वीकृत गरेको छ ।

त्यसअघिसांसद पदम गिरीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालयमा लागेको तालाबन्दी तत्काल खोल्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । प्रतिनिधि सभाको अर्को बैठक भदौ १९ गते आइतबार बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here