काठमाडौँ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेलाई बहुमत ल्याउन कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
शुक्रबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको प्रथम उपत्यका प्रदेश अधिवेशन उद्घाटन गर्दै पोखरेलले आगामी निर्वाचनका लागि देश बनाउने अभियान लिएर जनतामाझ जाने र बहुमत ल्याएरै छाड्ने बताउनुभएको हो ।
उहाँले आगामी निर्वाचनका लागि जनतालाई जानकारी दिन एमाले सरकारले गरेका आर्थिक क्षैत्र, राष्ट्रियता र देश बनाउनका लागि गरेका हिजो गरेका कामहरु सुरक्षित रहेको जिकिर गर्नुभयो ।
त्यस्तै पोखरेलले गठबन्धन सरकारले गरेका अपराधपूर्ण कामका बारेमा पनि जनतालाई सजक गराउने धारणा राख्नुभयो । उहाँले स्थानीय निर्वाचनमा जनताको लोकप्रीय मत प्राप्त गरेको देखाएको र कतिपय सिट उम्मेद्वारी सम्बन्धी व्यवस्थापकीय कमजोरीले प्राप्त हुन नसकेको भन्दै एमालेलाई जनताले गर्ने समर्थन कमजोर नभएको दावी गर्नुभयो ।
कार्यक्रममा पोखरेलले निष्पक्षढंगले सेवा प्रवाहमा ध्यान दिन कर्मचारीहरुलाई आग्रह गर्नुभयो ।