हरितालिका तीजको अवसरमा पशुपतिनाथ पुगेर राष्ट्रपतिले गर्नुभयो पूजा


१४ भाद्र २०७९, मंगलवार १८:४७ मा प्रकाशित

काठमाडौँ ।   राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा पुगेर पूजाआजा गर्नुभएको छ ।

हिन्दू महिलाको महान् वर्ष तीजको अवसरमा राष्ट्रपति भण्डारी मंगलबार साँझ पशुपति पुगेर करिब २० मिनेट पूजाआजा गरेर फर्कनुभएको हो । राष्ट्रपतिलाई पशुपतिमा पर्यटन मन्त्री जीवनराम श्रेष्ठ लगायत पशुपति क्षेत्र बिकास कोषका पदाधिकारीले स्वागत र विदाई गरेका थिए ।

राष्ट्रपति उपस्थित हुने भएपछि पशुपति क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here