प्रतिनिधि सभा चुनावः समानुपातिकतर्फ ७६ दलको निवेदन


१३ भाद्र २०७९, सोमबार ०७:३२ मा प्रकाशित

काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधि सभा चुनावमा समानुपातिकतर्फ भाग लिनका लागि ७६ दलले निर्वाचन आयोगमा दल दर्ताकाे निवेदन दिएका छन् ।

समानुपातिकतर्फकाे दल दर्ताका लागि दिइएकाे समयावधिमा प्रतिनिधि सभातर्फ ६८ निवेदनमार्फत ७६ दलले दल दर्ताका लागि निवेदन दिएका निर्वाचन आयाेगले जनाएकाे छ ।

आयोगले दल दर्ताका लागि भदौ १० देखि १२ गतेसम्मकाे समय दिएको दिएकाे थियाे ।

प्रदेश सभातर्फ भने प्रदेश-१ मा ५५ निवेदनमार्फत ६३ दल, मधेश प्रदेशमा ५९ निवेदनमार्फत ६७ दल, वाग्मती प्रदेशमा ५८ निवेदनमार्फत ६६ दल र गण्डकी प्रदेशमा ५२ निवेदनमार्फत ६० दलले दल दर्ताकाे निवेदन दिएका छन् ।

लुम्बिनी प्रदेशमा ५४ निवदेनमार्फत ६२ दल, कर्णाली प्रदेशमा ४९ निवेदनमार्फत ५७ दल र सुदूरपश्चिम प्रदेशमा ५० निवेदनमार्फत् ५८ दलले निवेदन दिएका आयाेगले जनाएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here