काठमाडौं । सिट बाँडफाँटको मोडालिटी तयार गर्न बसेको सत्ता गठबन्धनको कार्यदलको बैठक बिनानिष्कर्ष सकिएको छ।
मंसिर ४ गते हुने आम निर्वाचनका लागि सिट बाँडफाँटको मोडालिटी तयार गर्न गठन भएको सत्ता गठबन्धनको कार्यदल बैठक निष्कर्षबिहीन बनेको हो ।
प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आइतबार बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको हो ।
कार्यदलका सदस्य राष्ट्रिय जनमोर्चाका हिमलाल पुरीले आजको छलफल खासै उपलब्धिमुलक हुन नसकेको जानकारी दिनुभयो ।
काँग्रेसले प्रतिनिधिसभातर्फ १०० सिट तथा माओवादी केन्द्र ६०, नेकपा एकीकृत समाजवादीले ४० सिट, जसपाले ३२ सिट र जनमोर्चाले २ सिटमा दाबी गरेको थियो ।
प्रतिनिधिसभाका साथै प्रदेशसभाको सिट फाँडफाँटबारे पनि कार्यदलमा छलफल सुरु भएको बताइएको छ । अबको बैठक बस्ने भन्ने टुंगो नभएको नेताहरूले बताएका छन् ।





