अर्जुनधारा । सामाजिक कार्यमा सक्रिय रहेका यूवाहरुको संस्था युथ अफ खुदुनाबारीले दुई जना बिद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।
आज सम्पन्न भएको संस्थाको दोस्रो साधारणसभाको अवसरमा संस्थाले विपन्न परिवारका दुई जना बिद्यार्थीलाई एक बर्षे छात्रवृत्ति प्रदान गरेको हो । संस्थाले अर्जुनधारा ३ नम्बर वडा अन्तर्गत जनता माध्यमिक बिद्यालयमा कक्षा ११ मा अध्यानरत छात्रा बिना मगर र भानु आधारभुत बिद्यालय कक्षा ३ मा अध्यानरत छात्रा दिया दर्जिको पठनपाठन वापतको एक बर्षको खर्च बिद्यालयलाई प्रदान गरेको हो ।
त्यस्तै संस्थाले ७ जना बिद्यार्थीहरुलाई स्कुले जुत्ता प्रदान गरेको छ । साधरणसभाकै अवसरमा संस्थाले लामो समयदेखि अर्जुनधाराको ३ नम्बर वडामा कार्यलय साहयोगि पदमा कार्यरत कर्मचारी मनोज राना मगरलाई सम्मान गरेको छ । त्यस्तै गायन कलाकारिता क्षेत्रमा सम्भावना भएकी ज्योति लामिछाने र दिया अधिकारीलाई समेत सम्मान गरेको छ ।
अर्जुनधारा नगरपालिकाको ३ नम्बर वडा स्थित ग्रीनेरी सभाहलमा नगरपालिकाका प्रमुख बलदेव गोम्देन तामाङको प्रमुख आतिथ्यतामा भएको संस्थाको दोस्रो साधारणसभामा सम्मान तथा छात्रवृत्ति प्रदान गरिएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख गोम्देनले समाज परिवर्तनमा युवाको भुमिका महत्तपूर्ण हुने बताउनुभयो । उहाँले पछिलो समय युथ अफ खुदुनाबारीले समाजमा गरेका कामहरु सरहानीय रहेको उल्लेख गर्नुभयो । त्यस्तै मेयर गोम्देनले युवाहरूलाई अझ व्यवहारीक र दक्ष बनाउनका लागि विभिन्न बिषयको तालिम आवस्यक रहेको धारणा राख्नुभयो ।
गोम्देनले धेरै जसो युवाहरू खेलकुदका गतिविधिमा मात्रै देखिने गरेको भन्दै शिक्षा, स्वास्थ्य, संस्कृति, उद्योग तथा व्यवसाय र विकास निर्माण लगायतका अन्य कुराहरूमा समेत युवाहरू जागरुक भएर लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा युथ अफ खुदुनाबारीका अध्यक्ष मनोज सिटौलाले संस्थाको बार्षीक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बार्षीक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष सिटौलाले शिक्षा, खेलकुद, कला–साहित्य र संस्कृतिलाई उजागर गर्दै वातवरणीय स्वच्छता कायम गर्न र युवाहरुलाई र्दुव्यशनीबाट अलग गराउन संस्थाले महत्वपूर्ण भुमिका खेलीरहेको बताउनुभयो ।
उहाँले युथ अफ खुदुनाबारी सिंगो खुदुनाबारी बासिहरुको साझा संस्था भएको धारणा राखनुभयो । कार्यक्रममा लेखा समिति सदस्य याम बास्कोटाले संस्थाको आर्थीक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । ३ लाख ९२ हजार ६ सय ४ रुपौँया आम्दानी गरेको संस्थाले ३ लाख ५६ हजार ७ सय ३५ रुयौँया खर्च गरेकोे र ३५ हजार ८ सय ६९ रुपौँया मौजाद रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देन तामाङ, ३ नम्बर वडाका वडाअध्यक्ष सिताराम भट्टराई र नगरकार्यपालिका सदस्य चन्द्रा तामाङले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी खुदुनाबारी शाखाका सचिव मुकुन्द भण्डारी, ३ नम्बर वडाका वडासदस्यहरु नारायण चापागाई, सुमन्ता राई, सिता बयलकोटी, वडासचिव खगेन्द्र लिङगदेन, जुकेखाडी सामुदायीक वन उपभोक्ता समुहका उपाध्यक्ष नबिन कुमार ओली, पर्यापर्यटन उपाध्यक्ष दिपक दुलाल, शसस्त्र प्रहरी बल खुदुनाबारीका प्रमुख टंक सोराली मगर, अस्थायी प्रहरी चौकी खुदुनाबारीका इन्चार्ज शुरेस नेपाल लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
वि.स. २०६८ सालबाट अनौपचारीक रुपमा सामाजिक सञ्जाल मार्फत उदय भएको संस्था युथ अफ खुदुनाबारी वि.स.२०७७ माघ ११ गते जिल्ला प्रशासन कार्यलय झापामा वैधानिक दर्ता भई संचालन भइरहेको छ ।





