काठमाडौँ । नेपालमा थप २ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको २ हजार ६४ पिसिआर परिक्षणका क्रममा १ सय ६४ जना र १ हजार ७ सय ६९ एन्टीजेन परिक्षणका क्रममा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने थप ४ सय ६२ संक्रमित निको भएका छन् । हाल नेपालमा ३ हजार ३ सय १३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।





