गठबन्धनकाे सिट बाँडफाँडका विभिन्न मोडालिटीमा छलफल


१ भाद्र २०७९, बुधबार १९:३१ मा प्रकाशित

काठमाडौँ । आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन गठित गठबन्धनको कार्यदलले अहिलेसम्म भएका छलफलका विवरण शीर्ष नेताहरुलाई अवगत गराउने भएको छ ।

बालुवाटारमा बुधबार बसेको बैठकले सिट बाँडफाँडका विभिन्न मोडालिटीमा छलफल गर्दै अहिलेसम्म भएका छलफलका विवरण शीर्ष नेताहरुलाई अवगत गराउने निर्णय गरेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभयो ।

उहाँले कार्यदललाई दिएको जिम्मेवारी पूरा गर्ने अन्तिम चरणमा पुगेको धारणा राख्नुभयो । चूनावी तालमेलको बिषय सकारात्मक दिशामा अघि बढिरहेको उहाँको भनाइ छ ।

कार्यदलको अर्को बैठक शनिबार बस्ने कार्कीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here