२०७४ सालको चुनावमा भन्दा यस पटकको चुनावमा दर्ता गर्ने दलको संख्या घट्यो


१ भाद्र २०७९, बुधबार ०७:४१ मा प्रकाशित

काठमाडौं । आम चुनावका लागि दर्ता हुने दलको संख्या २०७४ सालको निर्वाचनको संख्या भन्दा घटेको छ ।

२०७४ सालको निर्वाचनमा ८८ वटा दलले दर्ता गराएका थिए ।

यस पटक मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सहभागी हुन ८४ राजनीतिक दलले निर्वाचन आयोगमा निवेदन बुझाएका छन् ।

आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार दल दर्ताका लागि तोकिएको अन्तिम दिन मंगलबार साँझसम्म ८४ दलले निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।

अब आयोगले प्राप्त कागजात हेरेर दर्ता प्रक्रिया अघि बढाउँने र आवश्यक परे नपुग कागजात मगाउन सक्ने बताईएको छ ।

आयोगमा गत २० साउनसम्म १ सय १६ राजनीतिक दल दर्ता भएकोमा निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि भने ८४ राजनीतिक दलले मात्रै दर्ता हुन निवेदन दिएको आयोगले जनाएको हो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here