इलाम । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नागरिकता विधेयक संसदबाट बहुमतको बलमा पास गर्ने विधेयक नभएको बताउनु भएको छ ।
सरकारकै साझेदार दलका शीर्ष नेता खनालले नागरिकता विधेयकका विषयमा राष्ट्रिय सहमति आवश्यक हुने बताउनु भएको हो।
उहाँले अन्य विधेयकजस्तो नागरिकता विधेयक सामान्य नभएको बताउनु भयो ।
नागरिक विधेयकलाई सामान्य रुपमा लिइए नेपाल जनसंख्याको अतिक्रमणमा पर्ने जोखिमा पर्ने एकीकृत समाजवादी पार्टीका नेता खनालको भनाइ थियो ।
इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेता खनालले संसदमा बहुमत जुट्दैमा नागरिकता बिधेयक पास गर्न नहुने बताउनु भयो ।





