विकास तथा प्रविधि समितिद्वारा टेलिमकको सेवा विस्तार र गुणस्तरमा सुधार ल्याउन सरकारलाई निर्देशन


१२ श्रावण २०७९, बिहीबार १५:४० मा प्रकाशित

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले सरकारी निकायका भवनहरुमा नै टावर जडान गरि नेपाल टेलिमकको सेवा विस्तार र गुणस्तरमा सुधार ल्याउन सरकारलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले आम नागरिकको घरमा राखिएका टावरहरु समेत हटाउन दवाव बढ्दै गएको अवस्थामा सरकारका बिभिन्न नियकाहरुबाट निर्माण गरिने भवनहरुमा नै बिटिएस टावरहरु जडान गर्न मिल्ने गरि आवश्यक मापदण्ड बनाई कार्यान्वयनमा सहजिकरण गर्ने व्यवस्था मिलाउन सञ्चार मन्त्रालय र शहरी बिकास मन्त्रालयललाई निर्देशन दिएको हो ।

बैठकले बजेट अनुसार टावर निर्माणका कार्यहरु सञ्चालन नभएको, निर्माण भएर पनि निर्धारित गुणस्तरयुक्त नभएको बिषय लगाएतका समस्याहरुको अध्ययन गरि समस्या समाधान गर्ने गरि प्रतिवेदन पेश गर्न पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ भने दुरसञ्चार बिकास कोषबाट सञ्चालित इन्टरनेट सेवा विस्तारका कार्यहरु लक्ष्य तथा अपेक्षा अनुसार अघि बढ्न नसकेको अवस्थामा सेवा गुणस्तरिय बनाई छिटो छरितो रुपमा सेवा विस्तार गर्ने चालू आर्थिक बर्षको स्पष्ट कार्ययोजना १५ दिनभित्र पेश गर्न पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले बिधुत पहुँच नभएका स्थानमा रात्रीका समयमा सेवामा समस्या देखिएको बताउनुभयो । नीजि घरमा अहिले बिटिएस टावर राख्न पनि समस्या भएका कारण पनि सेवा बिस्तार गर्न समस्या भएको उहाको भनाई छ ।

समिति बैठकले टेलिकमका २ सय २८ वटा टावर मार्फत फोरजी सेवा बिस्तार गर्ने कार्ययोजना सम्पन्न गर्न यसअघि दिएको निर्देशनको अवस्थाकाका बारेमा समितिलाई पुन जानकारी गराउनका साथै चालू आर्थिक बर्षको कार्ययोजना १५ दिनभित्र तयार गरि समितिमा पेश गर्न पनि सञ्चार मन्त्रालयलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here