नागरिकलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिवद्ध छ : देउवा


१२ श्रावण २०७९, बिहीबार १३:१४ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाली नागरिकलाई सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

वीर अस्पतालको १ सय ३३ औं वाषिकोत्सवका अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकारको बिषय भएको भन्दै सर्वसुलभ ढंगले स्वास्थ्य सेवा उपलव्ध गराउन प्रतिवद्ध रहेको बताउनुभएको हो ।

स्वास्थ्य क्षेत्रको बिकासका लागि प्रयाप्त रुपमा बजेट छुट्टाएर आवश्यक भौतिक पूर्वाधारको कामलाई सम्पन्न गराउने उहाँको भनाइ छ । सस्तो सहज र गुणस्तरिय स्वास्थय सेवा आजको आवश्यकता भएको उहाँले बताउनुभयो । प्रधानमन्त्री देउवाले अनेक महामारीसंग जुध्न सक्ने गरि स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राख्नुभयो ।

भक्तपुरको दुवाकोटमा स्थापना गर्ने भनिएको वीर अस्पताल हालसम्म निर्माण हुन नसकेकोप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उहाँले प्राथकितामा साथ अघि बढाउन पनि निर्देशन दिनुभयो ।

उहाँले गुणस्तरिय सेवा प्रदान गर्दै आम जनताको विश्वास जितेको बीर अस्पताललाई आगामी दिनमा थप गुणस्तरिय बनाउदै लैजानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कर्मचारी लगाएत बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई स्म्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here