इराकमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारी संसद् भवनमा प्रवेश


१२ श्रावण २०७९, बिहीबार १२:४२ मा प्रकाशित

 

झापा । इराकको राजधानी बग्दादमा उच्च सुरक्षा क्षेत्र तोडेर प्रदर्शनकारीहरू संसद् भवन प्रवेश गरेका छन् ।

धर्मगुरु मुक्तदा अल–सदरका समर्थकले प्रधानमन्त्रीमा विपक्षी उम्मेदवारको विरोधमा प्रदर्शन गरिरहेका छन् ।

गएको अक्टोबरमा भएको चुनावमा सदरको पार्टीले सबैभन्दा धेरै सिट जिते पनि सरकार बनाउन सकेको छैन ।

संसद् भवन प्रवेश गरेका प्रदर्शनकारीलाई प्रहरीले अश्रुग्यास र पानीको फोहरा प्रयोग गरेर रोक्ने प्रयास गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

प्रदर्शनकारी प्रवेश गरेको समयमा संसद् भवनमा कुनै पनि सांसदहरू उपस्थित थिएनन् ।

इराकका प्रधानमन्त्री मुस्तफा अल–खादिमीले प्रदर्शनकारीलाई संसद् भवन छोड्न आग्रह गर्नुभएको छ । भवनभित्र छिरेका प्रदर्शनकारीहरू नाचगान गर्दै टेबलमा नै सुतेका थिए ।

त्यहाँ देशका विभिन्न राजनीतिक समूहहरूबीचको विवादका कारण नयाँ सरकार गठन हुन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here