नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेद्धारा राजीनामा


४ श्रावण २०७९, बुधबार १७:४४ मा प्रकाशित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिनुभएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुबुदुले पारिवारिक कार्यक्रमलाई देखाउदै राजीनामा दिनुपरेको बताउनुभएको हो । उहाँले राजिनामा दिँदा दुखित रहको बताउनुभयो । अहिले आफूले राजीनामा नदिए पछुताउनुपर्ने भएकाले यस्तो निर्णय गर्न बाध्य भएको उहाँले बताउनुभयो ।

क्यानले आफूलाई ल्याइसकेपछि नेपाली क्रिकेट टीम पहिलेको भन्दा धेरै बदलिएको भन्दै उहाँले नेपाली टीममा धेरै सकारात्मक परिवर्तन आएको दावी गर्नुभयो । नेपाली टोलीले आगामी दिनमा धेरै राम्रो गर्ने उहाँको भनाई छ ।

क्यानले गत मंसिरमा खुल्ला छनोटबाट पुबुदुलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो । यस अघि पुबुदु सन् २०११ देखि २०१५ सम्म नेपालका मुख्य प्रशिक्षकको रुपमा रहनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here