प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ आजको बैठकको कार्यसूची


४ श्रावण २०७९, बुधबार ०७:३५ मा प्रकाशित

काठमाडौं । आज बुधबार प्रतिनिधि सभाको बैठक  बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेका लागि बोलाइएको बैठकमा  सभामुख अग्निप्रसाद सापकोटाले  राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउनु हुनेछ।

यस्तै, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभामा उत्पत्ति भएको विकास तथा प्रविधि समितिको प्रतिवेदनसहितको नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक सदनमा छलफलका लागि प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। त्यसपछि यो विधेयक पारित गरियोस् भनी उनैले प्रस्ताव प्रस्तु गर्ने कार्यसूची छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘महिला तथा सामाजिक समितिको प्रतिवेदन सहितको ज्येष्ठ नागरिक (पहिलो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here