अनाधिकृत रुपमा रेडक्रस कार्यालय प्रवेश गरेर तोडफोड गरेको आरोप


२२ असार २०७९, बुधबार १५:२० मा प्रकाशित

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले संस्थाका निवर्तमान अध्यक्ष डा नेत्रप्रसाद तिम्सिनाको समूहले अनाधिकृत रुपमा कार्यालय प्रवेश गरेर तोडफोड गरेको आरोप लगाएको छ ।

बुधबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालले सोसाइटीका निवर्तमान अध्यक्ष तिम्सिनाको समूहले मंगबलबार तोडफोड गरेको आरोप लगाउनुभएको छ । निवर्तमान अध्यक्ष जस्तो मानिसले रेडक्रसमा आई तोडफोड गर्नु उचित नभएको भन्दै उहाँले रेडक्रसको साखलाई उच्च राख्न चाहेको बताउनुभयो ।

सरकारले जेठ ३१ गते नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेको थियो , उक्त निर्णयप्रति निवर्तमान अध्यक्ष तिम्सिना अदालत जानुभएको थियो । उक्त सर्वोच्चले दुवै पक्षलाई असार २७ मा अदालतमा उपस्थित हुन आदेश दिएको छ । सोसाइटीका अध्यक्ष नेपालले यस बिषयमा अदालतले गर्ने निर्णय मान्य हुने समेत बताउनुभयो ।

पत्रकार सम्मेलनमा रेडक्रसका महामन्त्री भूपतीलाल श्रेष्ठले वार्ता र संवादमार्फत समस्या खोज्नुको सट्टा तोडफोड गरिएको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here