अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो


२२ असार २०७९, बुधबार १२:४३ मा प्रकाशित

काठमाडौँ । अमेरिकी डलरको भाउ अहिलेसम्मकै महँगो भएको छ ।

आजका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर १ सय २७ रुपैयाँ ३० पैसा तोकेको छ । यो अहिले सम्मकै उच्च हो ।

अस्ति एक अमेरिकी डलरको विनिमय दर १ सय २६ रुपैयाँ ७८ पैसा थियो । गएको हप्तादेखि हरेक दिनजसो अमेरिकी डलरको भाउ उकालो लागिरहेको छ । पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा त्यसको असर भारतीय मुद्रा ९भारु० हुँदै नेपाली मुद्रासम्म आइपुगेको हो । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर छ ।

स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारतीय रुपैयाँको विनिमय दर घटबढ भएपछि नेपाली रुपैयाँ पनि प्रत्यक्ष प्रभावित हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here