सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो


२२ असार २०७९, बुधबार ११:५६ मा प्रकाशित

काठमाडौँ । सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ९७ हजार ६ सय रुपैयाँ रहेको भाउ आज ९६ हजार रुपैयाँमा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ महंगो भएकाले सुनको भाउ घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार भाउ अझै घट्न सक्ने सम्भावना छ । तर यसै भन्न सकिने अवस्था चाहीँ छैन । अहिले आफूहरु पर्ख र हेरको अवस्थामा रहेको उहाँले बताउनुभयो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर १ हजार १ सय ७५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here