झापा । झापाको मेचीनगर नगरपालिका ६ स्थित मेचीपुलबाट लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ पथरीशनिश्चरे २ का २२ बर्षीय मिलन दर्जी रहेका छन । हिजो दिउसो ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेका दर्जीको साथबाट ९ ग्राम ब्राउनसुगर बरामद गरेको थियो ।
लागुऔषध सहित पक्राउ परेका दर्जीको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।





