सोलुखुम्बुमा चट्याङ लागेर एक जनाको ज्यान गयाे, एक घाइते


२२ असार २०७९, बुधबार ११:२० मा प्रकाशित

सोलुखुम्बु  । सोलुखुम्बुमा चट्याङ लागेर एक जनाको ज्यान गएको छ । ज्यान जानेमा थुलुङ दुधकोशी गाउँपालिका–९ का ७ वर्षीय सुजन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रहरी निरीक्षक ज्ञानबहादुर माझीका अनुहार मंगलबार साँझ पानी सँगै परेको चट्याङका कारण  सुजनको घटनास्थलमै ज्यान गएको हो भने उहाँका आमा ताकमाया घाइते हुनुभएको छ ।

माइतीघर हिँडेकी आमासँगै रहेका बालक पानी परेका कारण  घरको पेटीमा ओत लागेर बसिरहेको अवस्थामा चट्याङ परेको प्रहरी निरीक्षक माझीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here