झापामा पुनः अर्को हात्ती मृत भेटियो, ‘फुड प्वाइजनिङ’ भएको अनुमान


२२ असार २०७९, बुधबार ०९:१८ मा प्रकाशित

झापा । झापामा पुनः दँतार हात्ती मृत भेटिएको छ।

अर्जुनधारा नगरपालिका वार्ड नं ५ को दहीझोडा खोला किनार हात्ती मृत भेटिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायव उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिनुभयो।

गत असार १५ गते बुद्धशान्ति गाउँपालिका वार्ड नं ५ आयाबारीमा हात्ती मृत भेटिएको थियो।

बुधबार मृत भेटिएको हात्तीको पेट फुलेको र ‘फुड प्वाइजनिङ’ भएको हुनसक्ने अनुमान गरिएको छ।

डिभिजन बन कार्यालय झापाका कर्मचारी तथा पशु चिकित्सक मृत हात्ती भेटिएको स्थानतर्फ गएका प्रहरी नायव उपरीक्षक कुँवरले बताउनुभयो।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here