ओलीद्धारा प्रधानमन्त्रीको ध्यान गठबन्धन जोगाउनेमा मात्र केन्द्रीत रहेको आरोप


२० असार २०७९, सोमबार १७:०२ मा प्रकाशित

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको ध्यान गठबन्धन जोगाउनेमा मात्र केन्द्रीत रहेको आरोप लगाउनुभएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले मुलुक बेथितिको बाटोतर्फ अघि बढ्दा समेत प्रधानमन्त्री देउवा गठबन्धन जोगाउन मात्रै केन्द्रीत भएको आरोप लगाउनुभएको हो । उहाँले गठबन्धन जोगाउनै लागि सरकारले राज्यका बिभिन्न अंगमा हमला बढेको र स्वेच्छाचारिता बढेको तर्क गर्नुभयो । यस्तो अवस्थामा संसद् निरीह भएर बस्न नमिल्ने उहाँको भनाई छ ।

ओलीले देश र जनताको हितको रक्षा गर्न सदनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने जिकिर गर्नुभयो । उहाले बजेट निर्माणका क्रममा बिचौलियाको हस्तक्षेप भएको भन्दै यसको संसदीय छानविन हुनुपर्ने माग गर्नुभयो । उक्त प्रकरणबारे सरकारले छानबिन गराउन सक्नुपर्ने र यसमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उहाँले बताउनुभयो । ओलीले अर्थ मन्त्रालयले सीसीटीभी फुटेज नै नरहेको भन्ने सार्वजनिक गरिरहेको र अर्थमन्त्रीले एमालेले भन्दैमा फुटेज देखाइन्न भन्नु गैरजिम्मेवार जवाफ भएको तर्क गर्नुभयो ।

उहाँले राष्ट्रको अर्थतन्त्र ध्वस्त पार्ने तमासा सरकारले गरेको टिप्पणी गर्नुभयो । अध्यक्ष ओलीले मुलुकको परराष्ट्र सम्बन्धलगायतका सवालमा सरकारका कार्य उचित नभएको दावी गर्नुभयो । उहाँले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) बारे कहिले के भएको हो ? सो बिषयमा पनि सरकारले स्पष्ट पार्नुपर्ने बताउनुभयो । उहाँले एसपीपीसम्बन्धी पत्राचारमा तत्कालीन प्रधानमन्त्री तथा रक्षामन्त्री आफू रहेको र त्यसबारे आफूलाई अवगत नगराइएको धारणा राख्नुभयो ।

ओलीले एसपीपी सम्झौतामा आफूलाई अनावश्यक रुपमा मुछ्न खोजिएको भन्दै आपत्ती जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here