कनकाई । नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोखरेलले क्षेत्रगत आवश्यकताको आधारमा वजेट विनियोजन गर्नुपर्ने बताउनु भएको छ ।
कनकाई नगरपालिकाको आर्थिक सहयोग र रिपोर्टस क्लब मेचीको आयोजनामा शुक्रबार सम्पन्न साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्र्दै उहाँले उक्त कुरा बताउनु भएको हो। नगरप्रमुख पोखरेलले नगरको आगामी आर्थिक बर्षको बजेट आवश्यकताको आधारमा तयार पारिएको बताउँदै बजेट कृषिमैत्री र जनकाल्याणकारी रहेको बताउनु भयो ।

विगतका बर्षहरुमा नदी नियन्त्रणमा कनकाई नगरपालिकाले भन्डै सात करोड बिनियोजन गरेको पोखरेलेल बताउनु भयो ।
उहाँले यो वर्ष कृषिलाई प्राथमिकता दिइएको बताउँदै समग्र नगरको सर्वाङ्गिण विकासमा बजेट केन्द्रित रहेको उल्लेख गर्नु भयो । त्यस्तै उपप्रमुख आशा शर्मा शिवाकोटीले सबै वडाहरुलाई सिलिङ बजेट तोकिसकेको र सोही बजेटको अधीनमा रहेर वडाहरुले प्राथमिकताका आधारमा आआफ्ना योजना बनाउने बताउन्ु भयो । उहाँले हालको बजेट अनुमानित मात्र भएकाले सुधारका पक्षलाई आत्सात गरेर कार्यान्वयनमा लगिने उल्लेख गर्नु भयो ।
कार्यक्रममा नगरका आवश्यकता, समस्या र आगामी योजानाका बारेमा चर्चा गरिएको थियो । कार्यक्रममा नगर सरोकार राख्ने विभिन्न १६ वटा बुँदामा प्रश्न राखिएको थियो । कार्यक्रम नगरपालिकका जनप्रतिनिधिहरुले आफ्ना भावि योजनाका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा सहभागी वडाध्यक्षहरु सुशीलकुमार पोखरेल, बलराम राई, युजराज चम्लागाईं, रोषन सुवेदी, दीर्घबहादुर थापा, लीलाबहादुर कटुवाल, कार्यपालिका सदस्य नवलकिशोर दत्त, महिला सदस्य निर्मला खड्का, अरुणा सुब्बा, राधाकुमारी विश्वकर्मा, सावित्रादेवी बर्देवा, कल्पना विश्वकर्मा, वडासदस्य भगन टुडु, जिसस सदस्य सन्तोष शोरेन लगायतले आआफ्ना वडाका भावी योजनाका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रममा नगरपालिकाका कर्मचारी लक्ष्मीप्रसाद अधिकारी, विवेक भण्डारी, विजय पाठक लगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको औचित्यमाथि रिपोर्टरस् क्लबका अध्यक्ष शेखर सेडाईले प्रकाश पार्नु भयो । कार्यक्रमको सञ्चालन क्लबका उपाध्यक्ष तुलसीप्रसाद निरौलाले गर्नु भएको थियो ।





