कस्तो रहनेछ अबको दुई दिनको मौसम ?


२० असार २०७९, सोमबार ०७:०१ मा प्रकाशित

काठमाडौँ । आज देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसका साथै आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र बागमती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारी वर्षाका कारण पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन, यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here