बिर्तामोडमा अपाङ्गता भएकाहरुलाई सिलाई मेशिन वितरण


१९ असार २०७९, आईतवार २१:४६ मा प्रकाशित

झापा ।   बिर्तामोड नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई आत्मनिर्भर बन्नका लागि सिलाई मेशिन वितरण गरेको छ ।
नगरपालिकाको कार्यालयमा आइतबार एक संक्षिप्त कार्यक्रमको आयोजना गर्दै १० जना शारिरिक अपाङ्गता भएकाहरुलाई सिलाई मेशिन वितरण गरीएको हो । उनीहरुलाई नगरप्रमुख पवित्रा महतारा प्रसाईले मेशिन हस्तान्तरण गर्नु भयो । सिलाई मेशिन प्राप्त गर्नेहरुमा सविता राजवंशी,दिपिका निरौला, सुष्मा अधिकारी,रञ्जु खतिवडा, यमुना गुरागाई,गायत्री उप्रेती, टुटुली राजवंशी, अंकीता अधिकारी, शोभा बुढाथोकी र गिता मगर रहेका छन् ।


नगरप्रमुख पवित्रा महतारा प्रसाईले नगरपालिकाले स्वरोजगार बनाउनका लागि सिलाई मेशिन प्रदान गरेको बताउनु भयो । उहाँले आगामि दिनमा आफ्नो सिपलाई प्रयोग गरि आत्मनिर्भर बन्न मेशिन प्राप्त गर्ने सबैलाई आग्रह गर्नु भयो ।

मेशिन वितरण कार्यक्रममा नगरप्रमुख प्रसाई,शिक्षा शाखा प्रमुख तिलचन भण्डारी,अधिकृत मेघराज बाँस्तोला लगायतको उपस्थिति रहेको थियो । अपाङ्गता भएका व्यक्तिहरुलाई नगरपालिकाले गत चैत्र २९ गते देखि १ महिनासम्म प्याड तथा पेन्टी निर्माणको तालिम प्रदान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here