नेपालमा पहिलो पटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू


१९ असार २०७९, आईतवार १६:४१ मा प्रकाशित

काठमाडौँ । नेपालमा पहिलो पटक विज्ञापनसम्बन्धी आचारसहिंता लागू भएको छ ।

आइतबार काठमाडौंमा विज्ञापन बोर्ड आयोजना गरेको कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता सार्वजनिक गर्नुभएको हो । ३८ पृष्ठको आचारसंहितालाई विज्ञापन क्षेत्रमा देखिएका बिकृति र बिसंगतिलाई अन्त्य गर्ने विश्वास बोर्डले लिएको छ ।

सो क्रममा मन्त्री कार्कीले आचारसहिंतालाई प्रभावकारी रुपमा कार्यान्वयन गराउनुपर्ने बताउनुभयो । उहाँले कुनै पनि नीति निर्माण गर्नुभन्दा कार्यान्वयनको पक्ष अझै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । आचारसंहिताले आगामी सातादेखि नतिजा दिन थाल्ने उहाँले उल्लेख गर्नुभयो ।

विज्ञापन बोर्ड नेपालका अध्यक्ष लक्ष्मण हुमागाइँले विज्ञापनको क्षेत्रमा सरोकार राख्ने विज्ञापन व्यवसायी, मिडिया व्यवसायी, पत्रकारका सङ्घ संस्थालगायत सरोकार राख्नेसँग पटक–पटक छलफल गरिएको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here