निष्पक्ष भयरहित ढंगले प्रदेश र संघको निर्वाचन गरिने : ज्ञानेन्द्रबहादुर कार्की


१९ असार २०७९, आईतवार १६:३५ मा प्रकाशित

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्धारित समयभित्रै निष्पक्ष भयरहित ढंगले प्रदेश र संघको निर्वाचन गरिने बताउनुभएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको सरकारप्रतिको जनविश्वास , केहि विवेचना बिषयक छलफल कार्यक्रममा मन्त्री कार्कीले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न भएको भन्दै वर्तमान सरकारले नै निर्धारित समयभित्रै निष्पक्ष भयरहित ढंगले प्रदेश र संघको निर्वाचन गर्ने बताउनुभएको हो ।

उहाँले निर्वाचनपनि जनताको मत अनुसार अर्को सरकार गठन हुने जिकिर गर्नुभयो । वर्तमान सरकार कानूनी शासनलाई कागजी रुप वा भाषणमात्रै नवनाएर व्यवहारमा नै उर्तार्ने दिशामा अग्रसर रहेको उहाले बताउनुभयो ।

उहाँले आवधिक निर्वाचनमार्फत निर्माण हुने सरकारले आफुले गरेको बाचा पुरा गरेको छ वा छैन भनेर जवाफदेही बनाउने काम नागरिकको भएको धारणा राख्नुभयो । मन्त्री कार्कीले मुलुकमा भएका स्रोत र साधनलाई अवसरको रुपमा परिचालन गरेर १० बर्षभित्र नेपाललाई दक्षिण एसियाली मुलुकमा नै धनि मुलुक बनाउन सवै अग्रसर हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा पूर्व नायव महालेखा परीक्षक रामबाबु नेपालले सरकारप्रतिको जनविश्वास बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here